भारतमा भागदौडमा परी चार महिलाको मृत्यु
नयाँदिल्ली- भारतको दक्षिणी राज्य तमिलनाडुमा शनिबार एक उत्सवमा भागदौड मच्चिँदा कम्तीमा चार महिलाको मृत्यु भएको छ । उक्त घटनामा अन्य आठ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।
तमिलनाडु राज्यको तिरुपतुर जिल्लामा भएको भागदौडमा घाइते भएका सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइसकिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भागदौड मच्चिँदा लत्ताकपडा वितरणको आशामा करिब ६०० देखि ७०० मानिस घटनास्थलमा भेला भएका थिए ।
प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयबाट पूर्वअनुमति नलिई उक्त मेला सञ्चालन गरिएको थियो । भारतमा धार्मिक तथा सांस्कृतिक महोत्सवमा हुने भीड र भीडलाई व्यवस्थापन गर्ने संयन्त्रको कमजोरीका कारण भागदौड मच्चिने र यस्ता भागदौड तथा झडपमा हरेक वर्ष धेरै नागरिकहरूले ज्यान गुमाउने गरेका छन् । सिन्ह्वा
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया