विश्व

टर्कीयमा शक्तिशाली भूकम्प, कम्तीमा १७ को मृत्यु

इकागज |
माघ २३, २०७९ सोमबार १०:३७ बजे

काठमाडौँ- टर्कियको दक्षिण-पूर्वी क्षेत्रमा गएको शक्तिशाली भुकम्पमा परी कम्तिमा पनि १७ जनाको मृत्यु भएको छ । बीबीसीले जनाए अनुसार ७.८ म्याग्नीच्यूडको भुकम्पमा परी १७ जनाको मृत्यु भएको हो ।

सिरियाको सिमासँग जोडिएको गाजियन्टेपमा स्थानीय समयअनुसार विहान ४ बजेर १७ मिनेटमा भुकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । सिरियामा पनि हातहाती भएको जनाइएको छ ।


भुकम्पका कारण टर्कियको १० वटा सहर प्रभावित बनेको छ । सरकारी अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।


Author

थप समाचार
x