विश्व

टर्कीय भूकम्प: टर्कीयमा ५० र सिरियामा ४२ को मृत्यु

इकागज |
माघ २३, २०७९ सोमबार १०:५६ बजे

काठमाडौँ- टर्कियको दक्षिण-पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी टर्कीयमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । बीबीसीले जनाए अनुसार ७.८ म्याग्नीच्यूडको भूकम्पमा परी टर्कीयमा मात्र ५० जनाको मृत्यु भएको हो ।

सिरियाको सिमासँग जोडिएको गाजियन्टेपमा स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा भुकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । भूकम्पका कारण सिरियामा पनि ४२ जनाको मृत्यु भएको छ ।


भूकम्पका कारण टर्कीयको १० वटा सहर प्रभावित बनेको छ । सरकारी अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।


Author

थप समाचार
x