अष्ट्रेलियाको मेलबर्नमा रहेको बौद्ध मन्दिरमा आगलागी
मेलबर्न - अस्ट्रेलियाको मेलबर्नमा रहेको एक बौद्ध मन्दिरमा आइतबार राति आगलागी भएको छ ।
आगलागी नियन्त्रणका लागि करिब ८० अग्निनियन्त्रकहरु घटनास्थलमा पुगी आगो नियन्त्रणका लागि काम गरिरहेका छन् ।
फायर रेस्क्यु भिक्टोरिया (एफआरभी) का कर्मचारीहरूलाई मेलबर्नको दक्षिणपूर्वमा रहेको ब्राइट मून बौद्ध मन्दिरमा स्थानीय समयअनुसार राति १०ः३५ बजे आगोलाई नियन्त्रणमा लिइएको एफआरभीले जनाएको छ ।
बौद्ध मन्दिरमा आगलागीपछि आसपासका बासिन्दालाई घरमा बस्न, बाहिरी ढोका र झ्यालहरू बन्द गर्न, तातो र एअर कन्डिसन सेवा बन्द गर्न भनिएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
एफआरभीका सहायक प्रमुख अग्नि नियन्त्रक पल फोस्टरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार अग्निनियन्त्रकहरूले सोमबार बिहान बाँकी रहेको आगो निभाउने काम गरिरहेका छन् ।
फोस्टरका अनुसार पाँच तला अग्लो मन्दिरमा भीषण आगलागी भएको र आगलागीको ज्वाला केही किलोमिटर टाढादेखि स्पष्ट देखिएको थियो ।
ब्राइट मून बौद्ध समाजसँग सम्बन्धित यो मन्दिर सन् १९९१ मा जग्गा किनेर हालको हल र प्रार्थना स्थलमा परिणत गरिएको थियो । उक्त स्थल हाल स्थानीय बौद्ध समुदायका लागि प्रसिद्ध पूजास्थल बनेको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया