टर्कीमा आपतकाल घोषणा
अंकारा - टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलबार शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गरेका छन् ।
खोज तथा उद्धारका गतिविधि र त्यसपछिको अध्ययनलाई छिट्टै अगाडि बढाउन यो निर्णय गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।
एर्दोगानले दक्षिणी टर्किएमा सोमबारको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ५४९ पुगेको बताए । हाल भूकम्प प्रभावित क्षेत्रमा जम्मा ५३ हजार ३१७ खोज तथा उद्धार कर्मचारी र सहयोगी खटिएको राष्ट्रपतिले उल्लेख गरेका छन् ।
विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणका अनुसार दक्षिणी कहरामनमारस, अडाना, अदियामान, ओस्मानी, हाते, किलिस र मालत्या र दक्षिणपूर्वी सानलिउर्फा, दियारबाकिर र गाजियन्टेपका प्रान्तहरूमा भुकम्पबाट थुप्रैको मृत्यु भएको हो।
स्थानीय समय अनुसार सोमबार बिहान ४ः१७ मा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा ७.७ म्याग्नीच्युडको भूकम्प गएको थियो । त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियनटेपमा ६.४ म्याग्निच्युडको भूकम्प र ६.२ रेक्टर स्केलको भूकम्प बेलुका कहरामनमारस प्रान्तमा पनि शक्तिशाली भूकम्प गएको थियो ।
एर्दोगानले सोमबार सात दिने राष्ट्रिय शोकको घोषणा गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया