बाक्लो हिउँ र वर्षाले टर्की भूकम्पको उद्धारमा कठिनाइ
फाइल तस्बिर
इस्तानबुल- भग्नावशेषवाट जीवितै उद्धार गर्ने प्रयासमा यहाँ परिरहेको हिउँ र बर्षाले कठिनाई गरेको छ । सोमबार गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी हराएकाहरु जीवितै उद्धार गर्ने प्रयासलाई परिरहेको हिउँ र वर्षाले कठिनाई गरेको हो ।
यद्धपी, टर्कीका गृहमन्त्री सुलेमा सोयलुले आगामी ४८ घण्टा भूकम्पमा फसिरहेकाको उद्धारका लागि महत्त्वपूर्ण समय भएको बताएका छन् । टर्कीका अधिकांश भागमा हिउँ परिरहेकाले पनि उद्धारमा कठिनाइ भइरहेको गृहमन्त्री सोयलुको भनाई छ ।
यद्धपी उद्धार र खोज कार्यलाई भने निरन्तर दिईरहेको छ । टर्की भूकम्पमा सहयोग गर्न आएका बिदेशी उद्धारकर्तासँग पनि समन्वय गरी खोजी कार्य जारी राखेको जनाएको छ ।
टर्की सरकारले परकम्प आउने क्रम नरोकिएकाले अग्ला भवनहरू नबस्न आग्रह गरिएको छ । उनीहरुलाई खाली चौरमा बसेर नजिक रहेका फेला परेका कपडाहरुले हिउँ र बर्षाको सामना गर्न अनुरोध गरेको छ ।
सिरिया र टर्की आएको भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या ७ हजार पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले यो संख्या झन्डै २० हजार हुने अनुमान गरेर खोजी र उद्धार कार्यमा जोड दिएको छ । सम्भावित महामारीका लागि विश्व स्वास्थ्य संगठनले टर्कीस र सिरियाको सरकारसँग समन्वय गरेर औषधिजन्य तथा अन्य उपायहरुमा काम गरिरहेको जनाएको छ ।
यो शताब्दी कै सबैभन्दा धनजन क्षति गराएको उक्त भूकम्पका कारण सिरिया र टर्कीका लाखौं मानिस घरबार बिहिन भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया