सुनखानीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु
फाइल फोटो
बुर्किना फासो - पश्चिमी बुर्किना फासोमा रहेको अस्थायी सुनखानी भत्किँदा १० जनाको मृत्यु भएको छ ।
बुकिना फासोको खानी व्यवसायी संघका अनुसार बिहीबार दिएको जानकारीअनुसार स्थानीय समयअनुसार बुधबार बिहान उनीहरू खानीमा काम गरिरहेको समयमा खानीभित्र पहिरो जाँदा उनीहरू खानीमा फसेका थिए ।
स्थानीय सुन खानी व्यवसायी संघका अधिकारी अबासे डेर्राका अनुसार हाउन्डे सहर नजिकैको खानीमा उनीहरू फसेका थिए । खानीमा काम गरिरहेका कामदारमध्ये अझै केहीलाई जीवित उद्धार गर्न सकिने विश्वाससहित थप श्रमिकको उद्धार प्रयास जारी रहेको छ ।
'अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ,' संघका एक सदस्य मौसा ओएड्राओगोले भने ।
बुर्किना फासोको सुन खानी स्थलहरूमा बारम्बार पहिरो खस्ने गरेको छ, जहाँ स्थानीय समुदायहरूले थोरै लाभ पाउने गरेका महसुस गर्छन्, बताउने गरिएको छ ।
बुर्किना फासोमा १७ वटा औद्योगिक खानीले प्रतिवर्ष करिब ७० टन उत्पादन गर्ने गरेको छ । यहाँबाट युरोप, अमेरिका, चीनलगायतका विश्वका विभिन्न गन्तव्यमा सुन निर्यात हुने गर्छ ।
खानी मन्त्रालयका अनुसार अनौपचारिक खानीले हरेक वर्ष १० टन सुन उत्पादन गर्छ भने करिब १५ लाख मानिसलाई रोजगारी दिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया