अब जिवितै उद्धार गर्न सकिने सम्भावना कम हुँदै
टर्की भूकम्प : ज्यान गुमाउनेको संख्या २१ हजार पुग्यो
काठमाडौं - टर्कीमा गएको शक्तिशाली भूकम्पमा परीटर्की र सिरियामा मृत्यु हुनेको संख्या २१ हजार पुगेको छ । भूकम्पमा परी टर्कीमा मात्रै १७ हजार ६७४ जनाको ज्यान गएको छ भने सिरियामा कम्तीमा तीन हजार ३७७ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
भूकम्पमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनले भूकम्पबाट दुवै देशमा गरी दुई करोड ३० लाख मानिस प्रभावित हुने अनुमान गरेको छ ।
उद्धाका काम जारी रहे पनि अब जिवितै उद्धार गर्न सकिने सम्भावना कम हुँदै गएको बीबीसीले जनाएको छ । हजारौँ भत्किएका भवनहरू र चिसो तापक्रममा उनीहरूले उद्धारमा कठिनाइ भोगिरहेका छन् ।
सोमबार बिहान टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । सोमबारै दिउँसो टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया