टर्की-सिरिया भूकम्प
भग्नावशेषमा जन्मिएकी शिशुलाई धर्मपुत्री बनाउन हजारौँको इच्छा
काठमाडौँ- टर्की र सिरियाको सीमाक्षेत्रमा गएको भुकम्पपछि भग्नावशेषमा जन्मिएकी एक बच्चाको जिम्मा लिन हजारौँ मानिस अघि सरेका छन् । गत सोमबार गएको भूकम्पपछि उत्तर-पश्चिम सिरियामा भग्नावशेषमा एक बच्चाको जन्म भएको बीबीसीले जनाएको छ । उनलाई जीवितै उद्दार गरिएर अस्पताल पुर्याइएको थियो ।
बेबी आया नाम राखिएको उक्त बच्चाको सालनाल आमासँगै जोडिएको अवस्थामा उद्दार गरिएको थियो । जिन्दियारिस सहरलाई भुकम्पले असर गर्दा आयाको आमा, बुवा तथा चार दाजु-भाइ तथा दिदी-बहिनीको पनि मृत्यु भएको थियो ।
उनको उपचारमा संलग्न चिकित्सले उनलाई गत सोमबार अस्पतालमा ल्याउँदा उनको शरीरमा चोट लागेको तथा स्वासप्रश्वासमा समस्या देखिएको थियो । तर अहिले उनको अवस्था सुधारोन्मुख रहेको बीबीसीले उल्लेख गरेको छ ।
उनलाई उद्दार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनलाई आफ्नो धर्मपुत्रीको रुपमा स्विकार्न हजारौँले उनको बारेमा विस्तृत जानकारी लिन खोजिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया