विश्व

बेलायती अर्थतन्त्र मन्दीबाट सुध्रिदै

इकागज |
माघ २७, २०७९ शुक्रबार १६:१० बजे

फाइल फोटो

लन्डन - बेलायतको अर्थतन्त्र सन् २०२२ को अन्तिम तीन महिनामा बढ्दो मुद्रास्फीतिको बाबजुद पनि मन्दीबाट केही हदसम्म जोगिएको छ ।  

शुक्रबार सार्वजनिक  गरिएको तथ्यांक अनुसार कुल गार्हस्थ्य उत्पादनले चौथो त्रैमासिकमा शून्य बृद्धिदर देखिएको छ  जुन अघिल्लो तीन महिनामा ०.३ प्रतिशतले सङ्कुचित भएको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले जनाएको छ । 


ओएनएसले सन् २०२१ मा ७.४ प्रतिशतको वृद्धिपछि दशकौंको उच्च मुद्रास्फीतिलाई कम गर्दै गत वर्ष समग्रमा ४.१ प्रतिशतले विस्तार गरेको थियो ।

अर्थमन्त्री जेरेमी हन्टले बेलाइतले 'मन्दीबाट जोगिन' गरिएका प्रयास र प्रयोगलाई जोड दिए पनि  बढ्दो उच्च उपभोक्ता मूल्यहरुको बारेमा भने चेतावनी दिएका छन् ।

'हामी अझै अर्थतन्त्रको अफ्ठेरोबाट बाहिर छैनौं र मुद्रास्फीतिको समस्या जटिल नै छ ।'


Author

थप समाचार
x