भ्रष्टाचार आरोपमा बेल्जियममा संसद् पक्राउ
फाइल फोटो
ब्रसेल्स - भ्रष्टाचार अभियोगमा युरोपेली संसद्का एक जना सदस्य पक्राउ परेका छन् । भ्रष्टारको अभियोग लागेका बेल्जियमाका सांसदको बैंक सेफ खोजविन गरेपछि सोधपुछका लागि उनलाई पक्राउ गरिएको हो ।
बेल्जियमका संघीय अभियोजनकहरूले आज लिज शहरमा सांसद मार्क ताराबेलामा छापा मारेको थियो । उनलाई सोधपुछका लागि हिरासतमा लिइएको छ । उनले आफू निर्दोष भएको दाबी गर्दै आएका छन् । उनले सफाइ दिने मौका पाउनुपर्नेमा जोड दिँदै आएका छन् ।
भ्रष्टाचारको आशंकामा बेल्जियमका अधिकारीहरूले तीन जनालाई हिरासतमा लिइसकेका छन् । सोह्र लाख अमेरिकी डलर नगद भ्रष्टाचार गरेको अभियोगमा उनीहरूसहित संसद्का सहयोगीलाई गत डिसेम्बरमा पक्राउ गरिएको थियो । हिरासतमा लिइएकामध्ये एक जना अभियुक्तका प्रेमी हुन् भने अर्का पूर्व सांसद हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया