विश्व

टर्की भूकम्पः अस्पतालमा उपचाररत 'अपरिचित' बालबालिका

इकागज |
माघ २८, २०७९ शनिबार ११:५६ बजे

तस्बिरः बीबीसी

काठमाडौँ - टर्कीको दक्षिण अडानामा रहेको अडाना सिटी हस्पिटलमा घाइते अवस्थामा भर्ना भएका बालबालिकाहरूलाई भूकम्पमा उनीहरूले के-कति गुमाएर भनेर केही थाहा छैन ।

अस्पतालको सघन उपचार कक्षमा एक ६ महिनाको बच्चा उपचार जारी छ तर उनको अभिभावक भेटिएका छैनन् । टर्कीमा अभिभावक मारिएका वा फेला नपरेका सयौं बालबालिकाको उपचार अस्पतालमा भइरहेको छ ।


भूकम्पले ती बालबालिकाहरूको घरमात्र भत्काएन, उनीहरूको नाम पनि मेटाइदिएको छ ।

डाक्टर नुरसाह केसकिनलाई उपचार गरिरहेकी ६ महिने शिशुको नाम थाहा छैन र उक्त शिशुको बेडमा ‘अपरिचित’ ट्याग लगाइएको छ । उनको विभिन्न भागमा चोट लागेको छ, तर उनी अरुलाई हेर्दै मुस्कुराउँछिन् ।

डाक्टर नुरसाहका अनुसार उनी भेटिएको ठाउँबारे थाहा भए पनि उनको ठेगाना र नाम पत्ता लगाउने काम जारी छ ।

भूकम्पपछि उद्दार गरिएका सयौं बालबालिकाहरूको अवस्था त्यस्तै छ । अस्पतालमा खासै क्षति नभएका कारण विभिन्न स्थानका बालबालिकहरूलाई उपचारका लागि अडाना अस्पतालमा ल्याइएको छ ।

अन्यथा भूकम्पका कारण कैयौ अस्पतालहरू भत्किएका वा क्षतिग्रस्त भएका छन् । जसका कारण अडाना अस्पताल उपचारको केन्द्रविन्दु बनेको छ ।

(टम ब्याटम्यानले बीबीसीका लागि लेखेको आलेखको संक्षिप्त अनुवाद)


Author

थप समाचार
x