विश्व

टर्की भूकम्प : पाँच दिनपछि सिंगाे परिवारको जिवितै उद्धार

इकागज |
माघ २८, २०७९ शनिबार १२:२९ बजे

इस्तानावुल - भूकम्प गएको पाँच दिनपछि टर्कीमा एउटा सिंगो परिवारलाई जिवितै उद्धार गरिएको छ । टर्कीको हंटे प्रान्तको भग्नावशेषवाट ६ जनाको परिवारलाई पाँच दिनपछि जिवितै उद्धार गरिएको हो । उनीहरूको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको टर्कीका सञ्चार माध्यमले जनाएका छन् । 

यागिज उल्स नामको १० दिनको बच्चालाई हाटेस्थित एउटा क्षतिग्रस्त भवनवाट आमासहित उद्धार गरिएको हो । उद्धारकर्मीहरुले विस्तारै विस्तारै भग्नावशेषबाट आमा छोरालाई उद्धार गर्ने वितिक्कै  थर्मल कम्बलमा बेरेका थिए भने आफैसँग रहेका स्वास्थ्यकर्मीहरूलाई हस्तान्तरण गरेका थिए । चार दिनपछि जिउँदै फेला परेकी आमा होसमा भए पनि बोल्न सक्ने अवस्थामा थिइनन् । उनीहरूको अहिले समंदागस्थित एक अस्पतालमा उपचार भइरहेको छ । 


टर्की र सिरियामा गएको ७.८ रेक्टरकाे भुकम्पमा परी अहिलेसम्म २५ हजार भन्दा बढीको ज्यान गएको छ ।


Author

थप समाचार
x