विश्व

टर्की-सिरिया भूकम्पः मृतकको संख्या २४ हजार नाघ्यो

इकागज |
माघ २८, २०७९ शनिबार १३:४४ बजे

काठमाडौँ- टर्की र सिरियाको सीमाक्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २४ हजार नाघेको छ । गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा २४ हजार भन्दा बढी मानिसको मृत्यु भएको अलजजिराले जनाएको छ ।

टर्कीमै २० हजार ६ सय ६५ मानिसको मृत्यु भएको छ भने सिरियामा पनि ३ हजार ५ सय मानिसको मृत्यु भएको छ ।


संयुक्त राष्ट्र संघले टर्की र सिरियामा ९ लाख मानिसलाई तत्काल पकाएको खानाको अभाव रहेको जनाएको छ । राष्ट्र संघले सिरियामा ५३ लाख मानिस घरबार बिहिन हुने समेत चेतावनी दिएको छ ।

उद्दारकर्ताहरूले ९३ हजारलाई भुकम्पको भग्नावशेषबाट जीवितै उद्दार गरेका छन् । उद्दार कार्यमा १ लाख ६६ हजार भन्दा बढी मानिस खटिएका छन् ।


Author

थप समाचार
x