विश्व

टर्की-सिरिया भूकम्पः मृतकको संख्या ३४ हजार नाघ्यो

इकागज |
फागुन १, २०७९ सोमबार १४:१० बजे

काठमाडौँ- गत हप्ता टर्की र सिरियाको सीमाक्षेत्रमा गएको भुकम्पमा परी मृत्यु हुनेको संख्या ३४ हजार नाघेको छ । अलजजिराले टर्की र सिरियामा गरी ३४ हजार भन्दा बढीको मृत्यु भएको जनाएको छ ।

टर्कीमा २९ हजार ६ सय ५ जना तथा सिरियामा ४ हजार ५ सयको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ । उद्दारकर्ताहरूले उद्दारकार्य जारी राखेका छन् ।


संयुक्त राष्ट्र संघले भुकम्पका कारण सिरियामा ५३ लाख मानिस घरबारविहीन बनेको जनाएको छ । त्यसैगरी ९ लाख मानिसलाई तत्काल खानाको आवश्यकता रहेको छ ।


Author

थप समाचार
x