विश्व

सिरियामा भूकम्पमा परी चार हजार तीन सयको मृत्यु

इकागज |
फागुन १, २०७९ सोमबार १९:४५ बजे

फाइल फोटो

दमास्कस - उत्तरपश्चिम सिरियामा अघिल्लो हप्ता गएको शक्तिशाली भूकम्पका कारण  मृत्यु हुनेको सङ्ख्या चार हजार तीन सय जनाको  पुगेको छ ।

 त्यसैगरी  सात हजार छ सयजना घाइते भएको संयुक्त राष्ट्रसंघको राहत एजेन्सीले सोमबार जनाएको छ । मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र संघको कार्यालयले उल्लेख गरेको तथ्यांकमा सरकार नियन्त्रित क्षेत्रको अवस्थाको पछिल्लो विवरण समावेश छैन।


भूकम्पप्रभावित क्षेत्रहरू मध्ये आइतबारसम्म सबैभन्दा बढी मृत्यु हुने र घाइते हुने जिल्ला हरिम र त्यसपछि उत्तरपश्चिम सिरियाको अफ्रिन र जेबेल सामन रहेको एजेन्सीले जनाएको छ।

सिरियाली स्वास्थ्य मन्त्रालयले आइतबार राति एक पछिल्लो अपडेटमा त्यहाँ  एक हजार ४१४ व्यक्तिको मृत्यु भएको र  दुई हजार ३४९ घाइते भएको बताएको छ । 

यसैबीच, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सको पछिल्लो तथ्यांकले भूकम्पले सरकारी र विद्रोही नियन्त्रित क्षेत्रमा करिब ५ हजार ३२९ जनाको ज्यान गएको  बताएको  छ।
 


Author

थप समाचार
x