पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जुनसुकै बेला पक्राउ पर्न सक्ने
काठमाडौँ - पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले दायर गरेको जमानत आवेदन लाहौर उच्च अदालतले खारेज गरिदिएको छ । समाचार एजेन्सी एपीपीका अनुसार जमानत आवेदन खारेज भएसँगै खानलाई पक्राउ गर्ने बाटो खुलेको छ । इमारान खानविरुद्ध गत वर्ष इस्लामावादको संगजानी प्रहरी चौकीमा आतंकवादसँग सम्बन्धित मुद्दामा एफआइआर दर्ता भएको थियो ।
यस मुद्दामा टैरेरिज्म कोर्टको अन्तरिम आदेशविरुद्ध खानले लाहौर हाई कोर्टमा पुनरावेदन गरेका थिए ।
लाहौर हाई कोर्टले खानको आवेदन खारेज गरेपछि गृहमन्त्री राणा सानाउल्लाह खानले पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गर्नुपर्ने बताएको बीबीसीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया