हिमपहिरोका कारण किर्गिस्तानको नारिन ओब्लास्टमा आपतकाल घोषणा
बिश्केक- किर्गिजस्तानले नारिन ओब्लास्टमा हिमपहिरोका कारण आपतकालीन अवस्थाको घोषणा गरेको छ । आपतकालीन अवस्था मन्त्रालयको प्रेस सेवाले शुक्रबार यसबारे उललेख गरेको छ ।
बिश्केक-नारायण-टोरुगार्ट राजमार्गमा हिमपहिरोका कारण सम्भावित खतराका कारण नारिन ओब्लास्टका गभर्नरले आपतकालीन अवस्थाको घोषणा गरेका छन् ।
अहिले उद्धारकर्ता र विशेष उपकरणसहित सरसफाइको कामलाई तीव्रता दिइएको छ । प्रारम्भिक जानकारी अनुसार हिमपहिरोका कारण कुनै पनि क्षति नभएको बताइएको छ । सिन्ह्वा
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया