पाँच सय युवा अफगान राष्ट्रिय सेनामा
जलालाबाद- अफगानिस्तानले पाँच सय युवालाई आफ्नो राष्ट्रिय सेनामा भर्ती गरेको छ । तीन महिनाको प्रशिक्षणमा उत्तीर्ण भएका उनीहरूलाई पूर्वीनान्ग्रहार प्रान्तको सैन्य कार्यालयमा नियुक्त गरिएको रक्षा मन्त्रालयले जनाएको छ । गत साता पश्चिमी हेरत प्रान्तमा पनि पाँच सय युवालाई सैनिक प्रशिक्षण पछि नियुक्ति दिइएको थियो ।
यसअघि राजधानी काबुल र पश्चिमी हेरात प्रान्तमा तीन महिनाको सैन्य तालिम पूरा गरेका आठ सय जनालाई राष्ट्रिय सेनामा भर्ना गरिएको थियो । उनीहरूमध्ये चार सय ८० जनाले हेरात प्रान्तको अल फारुक आर्मी कप्रसबाट तीन महिनाको सैन्य तालिम पूरा गरेका थिए भने अन्य तीन सय २२ जनाले काबुल सैनिक प्रशिक्षण प्रतिष्ठानबाट प्रशिक्षण लिएका थिए ।
रक्षा मन्त्रालयका अनुसार अफगानिस्तानले आफ्नो सिमानाको रक्षा गर्न एक लाख ५० हजार जवानको सुदृढ फौज तयार गर्ने योजना बनाएको छ । नयाँ भर्ना भएका सैनिकलाई देशका विभिन्न भागमा तैनाथ गरिने छ । सिन्ह्वा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया