विश्व

भूकम्पपछि १० हजारभन्दा बढी सिरियाली शरणार्थी घर फर्के

इकागज |
फागुन ७, २०७९ आइतबार २१:३७ बजे

फाइल फोटो

अंकारा - दक्षिणी टर्किमा गएको विनाशकारी भूकम्पपछि कम्तीमा १० हजार ६३३ सिरियाली शरणार्थी स्वेच्छिक रूपमा स्वदेश फर्किएका छन्। टर्कीका रक्षामन्त्री हुलुसी अकारले भूकम्पमा परी आफ्नो परिवार र बासस्थान गुमाएका सिरियाली परिवार स्वेच्छाले आफ्नो भूमिमा फर्किएको बताएका छन् ।

मन्त्रीले उत्तरी सिरियामा पनि ठूलो भूकम्प गएपछि सिरियालीहरू टर्कीको सीमामा ओइरिएको आरोपलाई अस्वीकार गरेको अर्ध-आधिकारिक एनाडोलु एजेन्सीले उल्लेख गरेको छ । 'यी दाबीहरू पूर्णतया असत्य छन्। सीमा रेखाबाट कुनै अप्रत्यासित आगमन भएको छैन।  हामीले सम्बन्धित अधिकारीहरूबाट जानकारी प्राप्त गरेर अनुसन्धान पनि गर्यौं तर त्यस्तो भएको होइन रहेछ ।' मन्त्रीले भने । 


सन् २०११ मा गृहयुद्ध शुरु भएपछि आफ्नो देशबाट भागेका झन्डै ३५ लाख सिरियाली शरणार्थीहरू टर्किमा रहेका छन्। झन्डै आधा शरणार्थीहरू दक्षिणी टर्किमा शरण लिएका छन् ।  हालै विनाशकारी भूकम्पले यस क्षेत्रमा ठूलो विनाश निम्त्याएको छ।

फेब्रुअरी ६ मा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा गएको ७।७ र ७।६ म्याग्निच्युडको भूकम्पपछि टर्कि र सिरियामा ४६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।
 


Author

थप समाचार
x