अमेरिकी राष्ट्रपति बाइडेनद्वारा युक्रेनलाई हातहतियार आपूर्ति बढाउने प्रतिबद्धता
फाइल तस्बिर
कीभ- अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने बाचा गरेका छन् ।
ह्वाइट हाउस पुलले जनाएअनुसार उनले सो प्रतिबद्धता जनाएर कीभबाट फिर्ता भएका हुन् । राष्ट्रपति बाइडेनको कीभ भ्रमण एक्कासि आयोजना भएकाले यसले राजनीतिक तरङ्ग थपेको छ ।
पश्चिमाहरूले समर्थन गरेको युक्रेनमा रुसको आक्रमणको पहिलो वर्षगाँठ अघि राष्ट्रपति बाइडेनद्वारा गरिएको कीभ भ्रमणलाई राजनीतिक एवं कूटनीतिक रूपमा विशेष चासोका रूपमा हेरिएको छ । एएफपी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया