टर्कीमा फेरि दुई शक्तिशाली भूकम्प
तस्बिर : रोयटर्स
काठमाडौँ- टर्कीमा फेरि दुई शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ र ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सीले स्थानीय समय अनुसार साँझ ८:४ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको र त्यसको तीन मिनेटपछि ५.८ म्याग्निच्युडको भूकम्प आएको बताएको छ ।
टर्कीमा दुईवटा नयाँ भूकम्पमा कम्तीमा तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ । उद्धारकर्ताहरूले भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका छन् ।
भूकम्प सिरियासँगको सीमा नजिकैको दक्षिण-पूर्वमा गएको थियो । जहाँ ६ फेब्रुवरीमा ठूलो भूकम्पले दुवै देशलाई ध्वस्त बनाएको थियो ।
यसअघिका भूकम्पले टर्की र सिरियामा ४४ हजार मानिसको ज्यान लिएको थियो भने हजारौं घरबारविहीन भएका थिए । ती भूकम्पका कारण कमजोर भएका भवनहरू सोमबार दुवै देशमा ध्वस्त भएका छन् ।
एम्बुलेन्स र उद्धारकर्मीहरूले नराम्ररी क्षतिग्रस्त भवनहरूका पर्खालहरू ढलेका क्षेत्रमा पुग्ने प्रयास गर्दा अन्टाक्या सहरका सडकहरूमा डर र आतंक मच्चिएको थियो ।
'मलाई लाग्यो कि मेरो खुट्टामुनि पृथ्वी फुट्ने छ' स्थानीय बासिन्दा मुना अल-ओमरले रोयटर्स समाचार एजेन्सीलाई बताइन् । उनले आफ्नो सात वर्षीय छोरालाई समातेर रोइरहेकी थिइन् । नयाँ भूकम्प आउँदा उनी सहरको केन्द्रको एउटा पार्कमा टेन्टमा थिइन् ।
पछिल्लो भूकम्पका परिवारका सदस्यहरूको शव खोजिरहेका बेला पछिल्लो भूकम्प गएको १८ वर्षीय अली मजलुमले एएफपी समाचार एजेन्सीलाई भने । 'तपाईंलाई के गर्ने थाहा छैन । हामीले एकअर्कालाई समात्यौं र हाम्रो अगाडि, पर्खालहरू खस्न थाले' उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया