तीन शान्ति सैनिकको मृत्यु
सांकेतिक तस्बिर
बामाको- मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय बहुआयामिक एकीकृत स्थिरता मिसन (मिनुस्मा) ले मङ्गलबार मध्य मालीस्थित खानी विस्फोटमा परी तीन जना शान्ति सैनिकको मृत्यु भएको जनाएको छ ।
मिनुस्मा फोर्सको काफिले फेब्रुअरी २१ मा एक इम्प्रोभाइज्ड विस्फोटक उपकरण (कारीगरी खानी) मा ठोक्किँदा सो दुर्घटना भएको हो । प्रारम्भिक रिपोर्टअनुसार सो विस्फोटमा तीन शान्ति सेनाको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते छन् । संयुक्त राष्ट्रसङ्घ मिशनले विज्ञप्ति जारी गर्दै सो घटनाको पुष्टि गरेको छ ।
पश्चिम अफ्रिकी देशमा सन् २०२२ अक्टोबर ३ यता १८ वटा विभिन्न किसिमका आक्रमणमा चार शान्ति सैनिकहरू गुमाएको बताएको छ । सन् २०१२ देखि माली सुरक्षा, राजनीतिक र आर्थिकरूपमा गहिरो सङ्कटमा फसेको छ । स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तर–साम्प्रदायिक हिंसाले देशमा हजारौँको ज्यान गएको छ भने हजारौँ विस्थापित भएका छन् । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया