५ सय ९९ डलरको आइफोन ६३ हजार तीन सय डलरमा बिक्यो
काठमाडौँ- अमेरिकाकी कारेन ग्रिनले सन् २००७ मै नयाँ आइफोन पाइन् । तर अन्य व्यक्तिले नगर्ने कार्य उनले गरिन्, त्यो केहो भने उनले उक्त आइफोनको डब्बा पनि खोलिनन् ।
ग्रिनको फस्ट-जेनेरेसन आइफोन गत आइतबार अक्सनबाट ६३ हजार ३ सय ५६ अमेरिकी डलरमा बिक्री भएको बीबीसीले जनाएको छ । उक्त फोन ५० हजारसम्ममा बिक्री हुन सक्ने अनुमान गरिएपनि त्यो अपेक्षाभन्दा बढी मूल्यमा ब्रिक्री भएको छ ।
८ जिबीको उक्त आइफोनको वास्तविक मूल्य ५ सय ९९ डलर मात्र हो । खासमा पहिलो मोडेलको उक्त आइफोनलाई ओरिजिनल बक्समा जस्ताको त्यस्तै राखिएको थियो ।
एलसीजी अक्सनका मार्क मोन्टेरोले सन् २००७ को आइफोनलाई डब्बा नै नखोली राख्नू भनेको आश्चर्यजनक कुरा भएको बताए ।
ग्रिनलाई सन् २००७ मै एक साथीले उक्त आइफोन दिएका थिए तर उनीसँगै एउटा आइफोन भएका कारण उनले उपहारमा आएको फोनको डब्बा पनि खोलिनन् ।
ग्रिनका अनुसार आइफोन भएका कारण यो जहिले पनि प्रयोग गर्न मिल्ने अपेक्षासहित डब्बा पनि नखोली राखेकी थिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया