विश्व

पश्चिम बंगालमा केन्द्रीय राज्यमन्त्रीमाथि ढुंगामुढा प्रहार

इकागज |
फागुन १३, २०७९ शनिबार १६:५५ बजे

कोलकाता- केन्द्रीय गृह राज्यमन्त्री निशीथ प्रमाणिकमाथि पश्चिम बंगालमा ढुंगामुढा भएको छ । उनले पश्चिम बंगालको कुच बिहारमा जाँदा ढुङ्गामुढाको सामना गर्नु परेको हो ।​

प्रमाणिकले तृणमूल कांग्रेसका समर्थकहरूले आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन् । केन्द्रीय मन्त्रीको एसयूभीको विन्डशिल्डमा क्षति पुगेको छ ।


भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो । प्रामानिक कुचबिहारबाट सांसद हुन् । ‘यदि कुनै मन्त्री सुरक्षित छैनन् भने, तपाईं सामान्य मानिसको दुर्दशाको कल्पना गर्न सक्नुहुन्छ। घटनाले बंगालको लोकतन्त्रको अवस्था देखाउँछ,' उक्त घटनापछि उनले भने । 


Author

थप समाचार
x