इटालीमा डुङ्गा डुब्दा मृत्यु हुने आप्रवासीको सङ्ख्या ४३ पुग्यो
इटाली - इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्र आएको आँधीका कारण आइतबार बिहान डुङ्गा डुब्दा केही महिनाका एक शिशुसहित ४० भन्दा बढी आप्रवासीको मृत्यु भएको उद्धारकर्मीले पुष्टि गरेका छन् ।
'अहिलेसम्म ८० जनालाई जीवितै उद्धार गरिएको छ, जसमध्ये केही डुबेपछि किनारामा पुग्न सफल भएका छन्,' तटरक्षक बलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । “समुद्री तटमा ४३ जनाको शव फेला परेको छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उद्धारकर्मीहरूले एएफपीलाई बताएअनुसार डुङ्गामा करिब ‘२०० भन्दा बढी मानिस’ सवार थिए भने समाचार तयार पार्दासम्म करिब ५० जनालाई सुरक्षित स्थानमा ल्याइएको छ ।
'बालबालिकासहित दर्जनौं मानिस डुबेर मरेका छन् । अझै धेरै समुद्रमा हराइरहेका छन्,' क्षेत्रीय गभर्नर रोबर्टो ओचिउटोले भने । यो भयानक त्रासदीपछि क्यालाब्रिया शोकमा डुबेको छ ।
इटालियन सञ्चार माध्यमका अनुसार तटीय शहर क्रोटोनमा बिहानै डुङ्गा डुबेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया