विश्व

श्रीलंकाले निजी कम्पनीहरूलाई जेट इन्धन आपूर्ति गर्न अनुमति दिने

इकागज |
फागुन १६, २०७९ मंगलबार १८:३५ बजे

फाइल फोटो

कोलम्बो - श्रीलंकाको मन्त्रिपरिषद्ले सरकारी स्वामित्वको पेट्रोलियम वितरकले माग पूरा गर्न नसकेपछि निजी कम्पनीहरूलाई जेट ए-१ उड्डयन इन्धन उपलब्ध गराउने प्रस्तावलाई स्वीकृत गरेको छ । 

सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जेट ए–१ उड्डयन इन्धन हाल सिलोन पेट्रोलियम कर्पोरेशन (सीपीसी) ले विमानलाई आपूर्ति गरिरहेको बताएका छन् ।


विगत वर्षमा देशकै जेट ए–१ इन्धन उत्पादन हुने सपुगास्कण्ड आयल रिफाइनरीको सञ्चालन विदेशी मुद्रा अभावका कारण अवरुद्ध भएको गुणवर्द्धनेले बताए । विदेशी मुद्रा  सञ्चिति अभावका कारण जेट ए-१ इन्धन आयात गर्नु पनि सीपीसीका लागि निकै ठूलो चुनौती रहेको उनले बताउए । 

पछिल्ला महिनाहरूमा पर्यटक आगमन बढेका कारण श्रीलंका आउने विमानको सङ्ख्यामा वृद्धि भएको छ ।  साथै श्रीलंकाले कार्गो र यात्रुवाहक हवाइजहाजका लागि जेट ए-१ इन्धनको निरन्तर आपूर्ति सुनिश्चित गर्न आवश्यक  रहेकाले सो निर्णय लिइएको प्रवक्ताको भनाइ छ । 


Author

थप समाचार
x