विश्व

केरलाको मन्दिरमा हात्तीको सट्टामा रोबोटले अनुष्ठान गर्ने

इकागज |
फागुन १७, २०७९ बुधबार १६:३७ बजे

फाइल फाेटाे

काठमाडौं – भारतको केरला स्थित एक मन्दिरमा हात्तीको सट्टामा रोबोटले पूजा गर्ने भएको छ । भारतको दक्षिणी राज्य केरलाको एक मन्दिरले आफ्नो अनुष्ठान गर्न सक्कली हात्तीको सट्टामा मेकानिकल हात्ती ल्याएको हो । 

त्रिशूर जिल्लाको इरिन्जादप्पिल्ली श्रीकृष्ण मन्दिरका अधिकारीहरूले गरेको पहल कुनै पनि चाडपर्वमा जीवित जनावरहरूको प्रयोग नगर्ने प्रतिज्ञाको एक अंश भएको बताइएको छ ।


उक्त मोडल ‘पीपल फर एथिकल ट्रिटमेन्ट अफ एनिमल्स’ (पेटा) इन्डिया र अभिनेत्री पार्वती तिरुवुथुले दान गरेका हुन् । सोमबार जारी गरिएको एक विज्ञप्तिमा, पेटाले चाडपर्वहरूमा जीवित हात्तीहरूलाई चर्को आवाजको अधीनमा राख्नु क्रूर भएको र राज्यका सबै मन्दिरहरूलाई मेकानिकल हात्तीहरूमा स्विच गर्न आग्रह गरेको हो । 


Author

थप समाचार
x