यमन हवाई हमलामा अल–कायदाका शीर्ष नेता मारिए
फाइल फोटो
दुबई - युद्धग्रस्त यमनमा संदिग्ध अमेरिकी हवाई हमलामा अल–कायदाका एक वरिष्ठ व्यक्ति मारिएका सुरक्षा र स्थानीय सरकारी स्रोतहरूले बुधबार एएफपीलाई बताएको छ ।
अल–कायदा इन द अरेबियन पेनिन्सुला (एक्युएपी) का शीर्ष नेता हमाद बिन हमाउद अल–तामिमी, जसलाई वाशिंगटनले विश्वव्यापी जिहादी नेटवर्कको सबैभन्दा खतरनाक शाखाहरू मध्ये एक मान्दछ । सो हवाई आक्रमणमा परी एक अङ्गरक्षसहित मृत्यु भएको एक सुरक्षा अधिकारी जानकारी दिएका छन् ।
अल–तामिमीले हालै भाडामा लिएको उत्तरी प्रान्त मारिबको एउटा घरलाई निशाना बनाएर गरिएको हवाई हमला स्पष्ट रूपमा अमेरिकी भएको अधिकारीले बताएका छन् ।
एक मारिब सरकारी अधिकारीले पनि मृत्युको पुष्टि गरेका छन् । अब्देल अजिज अल–अदनानी भनेर चिनिने साउदीकी तमिमीले एक्युएपीको नेतृत्व परिषद्को नेतृत्व गरेका र आतंकवादी समूहको “न्यायाधीश“ को रूपमा काम गरेका स्रोतले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया