विश्व

नाइजेरियाको राष्ट्रपति निर्वाचनमा बोला टिनुबु विजयी

इकागज |
फागुन १७, २०७९ बुधबार १६:११ बजे

काठमाडौं – भर्खर सम्पन्न नाइजेरियाको राष्ट्रपति निर्वाचनमा बोला टिनुबुले अटिकु अबुबाकर र पिटर ओबीलाई पराजित गरेका छन् । नाइजेरियाको विवादित राष्ट्रपतिय निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार बोला टिनुबु विजयी घोषित भएका हुन् ।

७० वर्षीय टिनुबुले कुल मतको ३७% भोट पाएको आधिकारिक नतिजाले देखाएको छ । उनका प्रमुख प्रतिद्वन्द्वी अतिकु अबुबाकरले २९ प्रतिशत र लेबरका पिटर ओबीले भने २५ प्रतिशत मत ल्याएका हुन् । 


टिनुबु नाइजेरियाका सबैभन्दा धनी राजनीतिज्ञहरू मध्ये एक हुन् । उनले गभर्नर हुँदा लागोस शहरको पुननिर्माण रेकर्डको आधारमा आफ्नो अभियान चलाएका थिए । 

धाँधली भएको भन्दै दलहरूले यसअघि को चुनावी नतिजाको खारेजी र चुनावको पुनः सञ्चालनको माग गरेका थिए । 


Author

थप समाचार
x