श्रीलकंनहरू अत्यधिक मोटा, नसर्ने रोगको जोखिम
फाइल फोटो
कोलम्बो - श्री पछिल्लो समय व्यक्तिहरूमा अधिक तौल र मोटोपनको समस्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका नसर्ने रोग एकाइका सामुदायिक औषधि विशेषज्ञ शान्ति गुणवर्द्धनाले तौल बढी भएका व्यक्तिलाई नसर्ने रोग लाग्ने खतरा बढी हुने बताएका छन् ।
उनका अनुसार सन् २०१५ मा श्रीलंकाका २२.५ प्रतिशत पुरुष बढी तौल र मोटो भएको पाइएकामा सन् २०२१ को सर्वेक्षणअनुसार सोको प्रतिशत बढेर ३० प्रतिशत पुगेको छ ।
यसैगरी सन् २०१५ मा ३४ प्रतिशत श्रीलंकाली महिला अत्यधिक तौल भएको पाइएकामा सन् २०२१ मा यो सङ्ख्या ४८ प्रतिशत पुगेको पाइएको छ । उनका अनुसार अधिकांश श्रीलंकालीहरूमा यस्ता समस्याहरू बढ्दै गएको पाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया