हकिमीमाथि बलात्कारको आरोप
पेरिस- फ्रान्सको प्रसिद्ध फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोरक्कोका डिफेन्डर अशरफ हकिमीमाथि बलात्कारको आरोप लगाइएको फ्रान्सेली अभियोजनकर्ताले शुक्रबार बताएका छन् ।
चौबीस वर्षीय हकिमीलाई २४ वर्षीया एक युवतीले लगाएको आरोपका सम्बन्धमा बिहीबार अभियोजकहरूले सोधपुछ गरेका थिए ।
गत वर्ष कतारमा भएको विश्वकपको सेमिफाइनलमा मोरक्कोको ऐतिहासिक यात्राको महत्वपूर्ण हिस्सा रहेका म्याड्रिडबाट फुटबल खेलमा ख्याती कमाएका हकिमी शुक्रबार बिहान पिएसजीको प्रशिक्षणमा देखिएका थिए । एएफपीसँगको सम्पर्कमा क्लबले उनीविरूद्धको आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन ।
हकीमीलाई आफ्नी श्रीमती र छोराछोरी छुट्टीमा टाढा रहेको बेला आफ्नो घर आउनका लागि ती युवतीलाई पैसा तिरेको आरोप लगाइएको छ ।
सोमबार, हकिमी पेरिसमा फिफा बेस्ट अवार्ड समारोहमा देखा परेका थिए । उनलाई पेशेवर फुटबलरहरूका लागि विश्वव्यापी प्रतिनिधि संगठन (एफआईएफप्रो) पुरुष वर्ष खेलाडीका रूपमा सम्मान गरिएको थियो ।
कतारमा सम्पन्न विश्वकप फुटबलमा उनी मोरक्काकोे फुटबल टोलीको महत्वपूर्ण खेलाडीका रूपमा देखिएका थिए । मोरक्को अरब संसारबाट विश्वकपको अन्तिम चारमा पुग्ने पहिलो राष्ट्र बनेको थियो ।
फ्रान्सको कानुनअनुसार अभियोग लाग्नुको अर्थ मुद्दा सुनुवाइमा जाने भन्ने छैन । सिन्ह्वा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया