अमेरिकन विमानमा आफ्नै साथी माथि पिसाब फेर्ने भारतीय विद्यार्थी पक्राउ
फाइल फोटो
काठमाडौँ -न्युयोर्कबाट नयाँ दिल्लीका लागि उडान भरेको विमान भित्रै एक भारतीय यात्रुले पिसाब फेरिदिएका छन ।
शनिबार राती दिल्ली एअरपोर्टमा अवतरण गरेको एए २९९ को उडानको विमानमा भारतीय विद्यार्थीले आफ्नै सहयात्रीको शरीरमा पिसाब फेरिदिएका हुन् ।
मादक पदार्थ सेवन गरेका ती विद्यार्थीले आफ्नै सहयात्रीलाई पिसाब फेरिदिए पछि दिल्ली एअरपोर्टमा विमान अवतरण हुने बित्तिकै उनलाई नियन्त्रणमा लिइएको छ । भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डिजिसि)का अनुसार सो घटना पछि एयरलाइन्सका चालक सदस्य दलले विमानलाई सहजै दिल्ली एअरपोर्ट अवतरण गराएको जनाएको छ ।
अमेरिकी एयरलाइन्सले एक विज्ञप्ति जारी गरी विमान भित्र दुर्व्यवहारको घटना भए पनि पाईलटहरुले सहजै स्थिति नियन्त्रणमा लिन सकिएको जनाउँदै विमानका अन्य यात्रुहरूलाई कुनै समस्या नपरेको जनाएको छ ।
दिल्ली एअरपोर्टका डिसीपी देबसकुमार महलाकाका अनुसार दिल्ली प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा लिएको छ । ‘विमान भित्रै मादक पदार्थ सेवन गरे सहयात्री माथि दुर्व्यवहार गर्ने ती विद्यार्थीलाई दिल्ली एअरपोर्टबाट नियन्त्रणमा लिइसकेको छ’ उनले भने ।
पक्राउ परेका उनलाई भारतीय नागरिक उड्डयन महानिर्देशनालयले केही समयका लागि हवाई सवारीमा प्रतिबन्ध लगाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विमानस्थलमा हर्कत गर्ने विद्यार्थीको नाम भने उनको करिअरलाई ख्याल गरेर गोप्य राखिएको भारतीय प्रहरीले जनाएको छ।
यसअघि पनि एक भारतीयले बिमान भित्र यस्तै हर्कत गरेको घटना सार्वजनिक भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया