विश्व

एक दशकको वार्तापछि भयो महासागर संरक्षणको ऐतिहासिक सम्झौता

इकागज |
फागुन २१, २०७९ आइतबार १८:७ बजे

काठमाडौं – १० वर्षको निरन्तर वार्तापछि विश्वका महासागरहरूको संरक्षणका लागि संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू ऐतिहासिक सम्झौतामा पुगेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा ३८ घण्टाको निरन्तर वार्तापछि शनिबार साँझ उक्त सहमति भएको हो ।

माछा मार्ने र कोषको अधिकारमा भएको असहमतिका कारण रोकिएको वार्ताको शनिबार टुङ्गो लागेको हो ।


‘उच्च समुद्र सम्बन्धी सन्धि’( ट्रिटी अन हाइ सिज)ले सामुद्रिक प्रकृतिको संरक्षण र पुनःस्थापना गर्न सन् २०३० सम्म मा ३० प्रतिशत समुद्रलाई संरक्षित क्षेत्रमा राख्ने लक्ष्य राखेको छ । 

महासागर संरक्षण सम्बन्धी अन्तिम अन्तर्राष्ट्रिय सम्झौता ४० वर्षअघि सन् १९८२ मा संयुक्त राष्ट्र संघ महासन्धि सम्बन्धी समुद्रको कानुनमा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौताले उच्च समुद्र र अन्तर्राष्ट्रिय पानीको क्षेत्र स्थापना गरेको थियो । जसअनुसार सबै देशहरूलाई माछा मार्ने, जहाज चलाउने र अनुसन्धान गर्ने अधिकार छ। जसमा १.२% पानी मात्र सुरक्षित रहेको बताइएको छ । 

उक्त संरक्षित क्षेत्र बाहिर बसोवास गर्ने समुद्री जीवजन्तुहरू जलवायु परिवर्तन, अत्यधिक माछा मार्ने र ढुवानी यातायातबाट जोखिममा परेको जानकारी प्राप्त भएको छ। 


Author

थप समाचार
x