विश्व

मेक्सिको वसन्त ब्रेकका लागि  खतरनाक : टेक्सस अधिकारी

इकागज |
फागुन २८, २०७९ आइतबार १४:२९ बजे

काठमाडौं – टेक्सस अधिकारीहरूका अनुसार मेक्सिकोमा ‘बसन्त ब्रेक’ लिन निकै खतरनाक देखिने भएको छ  । अमेरिकाको टेक्सस राज्यका अधिकारीहरूले अमेरिकी नागरिकलाई वसन्त बिदामा सुरक्षाका कारण देखाउँदै मेक्सिको यात्रा नगर्न सल्लाह दिएका हुन् । 

टेक्सस डिपार्टमेन्ट अफ पब्लिक सेफ्टी (डीपीएस) ले ‘ड्रग कार्टेल’ हिंसाले मेक्सिकोमा प्रवेश गर्ने जो कोही को लागि खतराको प्रतिनिधित्व गर्ने बताएको छ । 
गत हप्ता सीमा पार गरेको केही समयपछि चार अमेरिकी अपहरण भएपछि  अधिकारीहरूले यस्तो सल्लाह दिएका हुन् ।  तीमध्ये दुई जनाको हत्या भएको थियो भने दुईजनालाई सकुशल रिहा गरिएको थियो ।


मेक्सिकोको बजारमा कपडा बेच्न गएका तीन अमेरिकी महिला दुई साताभन्दा बढी समयदेखि हराइरहेको जानकारी प्राप्त भएको छ । 


Author

थप समाचार
x