विश्व

खराब मौसमका कारण मङ्गोलियामा ५ लाख ६७ भन्दा बढी पशुको मृत्यु

इकागज |
चैत ३, २०७९ शुक्रबार २१:३ बजे

फाइल फोटो

उलानबाटोर - मङ्गोलियामा यो वर्ष खराब मौसमका कारण हालसम्म कूल ५ लाख ६७ हजार पशुको मृत्यु भएको छ । मृतक जनावरको सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा झण्डै १० प्रतिशतले बढेको पाइएको छ ।  मरेका जनावरमध्ये ८५ प्रतिशत बाख्रा र भेडा रहेको तथ्यांक निकायले जनाएको छ ।

यहाँको कुल भूभागको करिब ७० प्रतिशतसम्म हिउँ परेको छ । चारैतिर अत्यन्त चीसो अनुभव गरिएको मौसम विज्ञान तथा वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले उल्लेख गरेको छ । पूर्वका खेन्टी र सुखबाटार, मध्यपश्चिममा अर्खाङगाई र पश्चिमका खोभड र युभ्समा सबैभन्दा बढी जनावरको मृत्यु भएको छ । एनएसओका अनुसार मङ्गोलियामा सन् २०२२ को अन्त्यमा ७१।१ मिलियन पशुहरू रहेको थियो। 


भूपरिवेष्ठित देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्न पशुपालनको प्रवर्द्धनलाई सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ।


Author

थप समाचार
x