विश्व

तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी मस्को जाँदै

इकागज |
चैत ६, २०७९ सोमबार १२:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार रुसको राजधानी मस्को पुग्दैछन् । रुसले युक्रेन आक्रमण गरेको एक वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको रुसको भ्रमणमा निस्कन लागेका हुन् ।

सी जिनपिङको यो भ्रमणलाई विश्वले महत्त्वका साथ हेरेको छ । रुस र युक्रेन दुवै देशलाई युद्ध विरामका लागि आग्रह गरेका एक महिनापछि रुसी राष्ट्रपति पुटिनको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी तीन दिने राजकीय भ्रमणका लागि आज मस्को पुग्न लागेका हुन् । 


भ्रमणमा सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जारी युद्दका बारेमा कुराकानीसहित बिभिन्न सम्झौता हुने बताइएको छ।  परम्परागत मित्रतालाई मूर्तरुप दिने र ठूलो महत्त्व बोकेको यो भ्रमणले चीन र रुसबीचको रणनीतिक पारस्परिक विश्वास र सहयोगलाई प्रगाढ बनाउने चिनियाँ सञ्चारमाध्यमले ग्लोबल टाइम्सले उल्लेख गरेको छ। 

युद्धविरामका लागि आग्रहसहित मध्यस्तकर्ता बन्ने प्रस्ताव गरे पनि युक्रेन–रुसको लडाईमा चीनले रुसको पक्षधरता देखाउँदै आएको छ।

रुसमाथि अमेरिकालगायत पश्चिमा देशले लगाएको प्रतिबन्धको चीनले खुलेरै विरोधसमेत गरिरहेको छ तर पश्चिमा देशहरुले भने चीनले रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि गर्न खोजेको मध्यस्थतालाई पश्चिमा देशले विकृत आँखाले हेरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।


Author

थप समाचार
x