अमेरिकाको नेसनल पब्लिक रेडियोले एक सय बढी कर्मचारी कटौती गर्दै
काठमाडौँ- अमेरिकाको वासिङ्टन डिसीमा रहेको गैर नाफामूलक संचार माध्यम नेसनल पब्लिक रेडियो (एनपीआर) ले एक सय भन्दा बढी कर्मचारी कटौती गर्न लागेको छ । कमजोर आर्थिक अवस्थाका कारण १० प्रतिशत कर्मचारी कटौती गर्न लागिएको एनपीआरले जनाएको आईएएनएसले जनाएको छ ।
एनपीआरले चारवटा चर्चित पोडकास्ट समेत बन्द गरेको छ । एनपीआरको अस्तित्व जोगाउनका लागि आर्थिक समस्यसँग जुधिरहेको जनाउँदै खर्च कटौतीका लागि कर्मचारी कटौती गर्न लागिएको तथा पोडकास्ट बन्द गरिएको एनपीआरका कार्यकारी प्रमुख जोन लान्सिङले जनाएका छन् ।
एनपीआरले १ हजार २ सय कर्मचारीबाट १ हजार ५० मा झार्ने योजना रहेको जनाएको छ । पछिल्ला समयमा सीएनएन तथा भक्स मेडियाले समेत कर्मचारी कटौती गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया