चीनले मे महिनामा राष्ट्रिय पर्यटन दिवस मनाउने
बेइजिङ- चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले देशको पर्यटन उद्योगको पुनःउत्थान र विकासलाई बढावा दिने उद्देश्यले मे महिनामा राष्ट्रिय पर्यटन दिवस मनाउने घोषणा गरेको छ ।
मन्त्रालयले शुक्रबार जारी गरेको सूचनाअनुसार राष्ट्रिय पर्यटन दिवसको अवसरमा आगामी मे महिनाभर देशभर अनलाइन तथा अफलाइन पर्यटन गतिविधि सञ्चालन गरिनेछ ।
दक्षिण पश्चिम चीनको युन्नान प्रान्तको तेङचोङमा रहेको प्राचीन शहर हेशुनमा महोत्सवको मुख्य स्थान राखिनेछ । पर्यटकीय वस्तुमा मुलुकले हासिल गरेका नवीनतम उपलब्धि प्रस्तुत गर्न मे १९ देखि २१सम्म नगरमा प्रदर्शनी गरिने मन्त्रालयले जनाएको छ ।
सूचनामा स्थानीय प्रशासनलाई सांस्कृतिक तथा पर्यटकीय गतिविधिका लागि कार्यक्रम सार्वजनिक गर्ने, वृद्धवृद्धा र अशक्तका लागि प्राथमिकता दिने नीति प्रदान गर्ने, जनकल्याणका लागि कलात्मक प्रस्तुति दिनेलगायत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि कदम चाल्न आह्वान गरिएको छ ।
स्थानीय अधिकारीहरूले वेबसाइट, वीच्याट अकाउन्ट र अन्य प्लेटफर्ममार्फत पर्यटनबारे प्रचारप्रसार गर्न र कार्यक्रमलाई भव्य बनाउन आग्रह गरिएको छ । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया