बुर्किना फासोमा फ्रान्सेली टेलिभिजन च्यानल निलम्बित
फाइल फोटो
बुर्किना - बुर्किना फासोको सरकारले सोमबार फ्रान्सेली टेलिभिजन च्यानलहरूले अल-कायदा इन द इस्लामिक मगरेब (एक्यूआईएम) का एक नेतासँग गरेको अन्तर्वार्तापछि फ्रान्स २४ को प्रसारण निलम्बन गर्न आदेश दिएको छ।
सरकारका प्रवक्ता जीन(इमानुएल ओउड्रागोले यो निर्णय राष्ट्रको हितमा गरिएको र फ्रान्स २४ कार्यक्रमहरूको प्रसारण बुर्किना फासोमा अनिश्चितकालका सम्मका लागि निलम्बन गरिने बताएका छन् ।
विज्ञप्तिमा 'फ्रान्स२४ ले आतंकवादीहरूको लागि संचार एजेन्सीका रूपमा मात्र काम नगरेर आतंकवादी कार्यहरू र घृणाका भाषणहरूलाई वैधानिकता दिने ठाउँ समेत प्रदान गर्ने गरेको छ ।'
गत डिसेम्बरमा बुर्किना फासोले रेडियो फ्रान्स इन्टरनेसनलका कार्यक्रमहरू समेत निलम्बन गरेको थियो।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया