केदारनाथ, बद्रीनाथमा भारी हिमपात
फाइल फोटो
नयाँ दिल्ली - भारतको उत्तराखण्डमा शुक्रबार बिहानैदेखि पहाडी क्षेत्रमा हिमपात भएको छ भने मैदानी क्षेत्रमा पानी परिरहेको परिरहेको छ ।
केदारनाथ धाममा भारी हिमपातका कारण केदारनाथ धार्मिक यात्राको तयारी पनि प्रभावित भएको छ । यसैबीच उक्त स्थानमा भइरहेको पूर्वाधार निर्माण कार्य केही समयका लागि रोकिएको छ ।
धार्मिक यात्रा २५ अप्रिलबाट शुरु हुने बताइएको छ । साथै उत्तराखण्डका थुप्रै मैदानी इलाकामा पनि पानी परिरहेको बताइएको छ ।
प्रशासनले राज्यमा सावधानीका साथै उद्धार कार्य पनि जारी राखेको छ । मौसममा बदली भएसँगै बद्रीनाथ धाममा पनि हिमपात शुरु भएको छ । बद्रीनाथ मन्दिरको द्वार २७ अप्रिलदेखि खोलिनेछ । बारम्बारको खराब मौसम र कडा चिसोका कारण यात्रा तयारी र गुरुयोजनाको काम प्रभावित भएको अधिकारीहरूले बताएका छन् ।
वर्षात् हिमपातबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया