विश्व

अफगानिस्तानबाट अमेरिका सेना फिर्ता गर्ने तरिकामा ट्रम्प दोषी : बाइडन

इकागज |
चैत २४, २०७९ शुक्रबार १०:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि अमेरिकी सेना फिर्ता गर्ने तरिकाका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष लगाएको छ ।
 
नयाँ रिपोर्टका अनुसार जो बाइडन ट्रम्पले प्रशासनले लिएको सो निर्णयबाट खुसी थिएनन् । यसमा सन् २०२० मा तालिवानसँग युद्ध अन्त्यका लागि भएको सम्झौता पनि समावेश छ ।

प्रतिवेदनमा भनिएको छ कि तालिवानले सत्ता ग्रहण गर्नुअघि नै सर्वसाधारणलाई बाहिर निकाल्ने काम सुरु गरिसक्नु पर्थ्यो । तर वाइडेन आएपछि बनाइएको सो प्रतिवेदनमा प्रतिक्रिया दिँदै ट्रम्पले भने बाइडन प्रशासनले गलत सूचना फैलाइरहेको छ ।


अगस्ट २०२१ मा अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेको थियो ।

अमेरिकाले १ लाख २० हजार भन्दा बढी मानिसहरूलाई तुरुन्तै अफगानिस्तानबाट निकाल्ने कार्य गर्‍यो, सो क्रममा १३ अमेरिकी सैनिक र लगभग १ सय २० अफगान नागरिकहरूले ज्यान गुमाउनु परेको थियो । 

विदेश मन्त्रालय र पेन्टागनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयहरूको समीक्षा गरेका छन् । यो समीक्षा प्रतिवेदन गोप्य रुपमा संसदमा पठाइएको छ ।


Author

थप समाचार
x