श्रीलंकाको पर्यटन आयमा वृद्धि
फाइल फोटो
कोलम्बो - श्रीलंकाको पर्यटन आयमा सन् २०२३ को पहिलो त्रैमासिकमा वृद्धि भएको छ ।
श्रीलंकाको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार सन् २०२३ को पहिलो तीन महिनामा करिब ५३ करोड अमेरिकी डलर प्राप्त भएको छ । सन् २०२२ को सोही अवधिमा श्रीलंकाले पर्यटनबाट ४८ करोड २३ लाख अमेरिकी डलर आम्दानी गरेको थियो ।
श्रीलंकाले मार्च महिनामा १९ करोड ८१ लाख अमेरिकी डलर आम्दानी गरेको छ भने पहिलो त्रैमासिकमा पर्यटन आय ५२ करोड ९८ लाख डलर पुगेको तथ्यांकले देखाएको छ ।
श्रीलंकाको पर्यटन उद्योगले सन् २०२३ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, जुन यसअघि १५ लाख थियो ।
पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्ने विश्वका प्रमुख मुलुकमध्येको एक श्रीलंकामा कोभिड–१९ को महामारीका साथै आर्थिक तथा राजनीतिक संकटका कारण पर्यटन क्षेत्र धरासायी भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया