अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावट बारे अनुसन्धान शुरु
फाइल फोटो
न्यूयोर्क - अमेरिकी न्यायमन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लीक भएको बारे अनुसन्धान सुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप्य खुफिया रिपोर्टहरू समेत रहेका छन् । त्यसै गरी ती कागजातहरूमा युक्रेन- रुस युद्ध लगायत अत्यन्त संवेदनशील विश्लेषणहरू पनि रहेको बताइएको छ ।
मन्त्रालयका प्रवक्ताले एएफपीलाई बताएका छन्, 'हामी यस विषयमा रक्षा मन्त्रालयसँग सम्पर्कमा छौं र अनुसन्धान शुरु गरेका छौं।'
दर्जनौं लीक कागजातहरू र स्लाइडहरूको स्थिर ड्रिपले हालैका दिनहरूमा ट्विटर, टेलिग्राम, डिस्कोर्ड र अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरिएको पाइएको छ । पेन्टागनले शुक्रबार सक्रिय रूपमा यस मामिलाको समीक्षा गरिरहेको बताएको छ ।
अमेरिकी अधिकारीहरूले वाशिङ्गटन पोस्टलाई बताएअनुसार केही कागजातहरू हेरफेर गरिएको देखिन्छ तर धेरै सीआईए विश्व खुफिया समीक्षा रिपोर्टहरूसँग मेल खान्छ जुन ह्वाइट हाउस, पेन्टागन र विदेश मन्त्रालय संयन्त्रमा छलफल गरिएको छ ।
रक्षा विश्लेषकहरू गोप्य कागजातहरूको चुहावट अत्यन्त संवेदनशील हुने र मस्कोका लागि मूल्यवान साबित हुने पनि अनुमान गरिएको छ ।
अन्य कागजातहरूमा अमेरिकी सहयोगीहरुको सरकारहरू भित्रको आन्तरिक गोप्प जानकारी रहेको बताइएको छ । न्यु योर्क टाइम्सका अनुसार कागजातहरू मध्ये युक्रेनमा प्रयोगको लागि संयुक्त राज्य अमेरिकाका तोपखाना गोलाहरू उपलब्ध गराउने कि नगर्ने भन्ने साथै दक्षिण कोरियाको बहसको बारेमा छलफल पनि समावेश छ ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया