ताइवानको सीमामा चिनियाँ लडाकु बिमानबाट गोलाबारी
फाइल तस्बिर
काठमाडौँ- चीनले सीमा क्षेत्रमा युद्ध अभ्यास गरेर ताइवानका लागि कडा चेतावनी दिएको छ ।
ताइवानका राष्ट्रपति साइ इङ्ग वेन अमेरिकी भ्रमण गएपछि आक्रोशित चीनले सीमा क्षेत्रमा युद्ध अभ्यास गरेर चेतावनी दिएको हो । उनी गत हप्ता अमेरिका भ्रमणमा गएकी थिइन् ।
ताइवानका अनुसार आइतबार करिब ७० चिनियाँ विमान नजिकैबाट उडेका थिए । शनिबार भने ४५ चिनियाँ लडाकु विमानहरूले ताइवान स्ट्रेट लाइनमा आएका थिए भने दुई देशको सीमा रेखा पार गरेर दक्षिण पश्चिम भागमा उडान भरेका थिए ।
सैन्य अभ्यासको पहिलो दिन चिनियाँ जहाज पिङटान टापु नजिकैबाट गुज्रेका थिए भने तीनले गोलाबारीसमेत गरेका थिए । यो टापु ताइवानको सबैभन्दा नजिक छ ।
चीनले सो सैन्य कारबाहीलाई ‘जोइन्ट सोर्ड’ नाम दिएको छ । यो अभियान सोमबारसम्म जारी रहनेछ ।
उता ताइवानको काउन्सिल फर ओशन अफेयर्सले जारी गरेको भिडियो फुटेजमा भो ताइवानी जहाजले चिनियाँ युद्धपोतलाई पछ्याइरहेको देखिन्छ ।
यसैगरी अर्को भिडियोमा ताइवानको युद्धपोत डी ख्वा र कोस्ट गार्डको जहाज देख्न सकिन्छ जसमा कोस्ट गार्डका अधिकारीहरूले चिनियाँ डुङ्गालाई चुनौती दिइरहेका छन् ।
ताइवानको प्रशासन भने चीनको यो अभियानप्रति आक्रोशित छ । ताइवानका रक्षा अधिकारीहरूले शनिबार आरोप लगाएका छन् कि चीनले ताइवानका राष्ट्रपति साई इङ्गवेनको अमेरिका भ्रमणको बहानामा सैन्य अभ्यास गरिरहेको छ । यसले यस क्षेत्रको शान्ति, स्थायित्व र सुरक्षामा गम्भीर खतरा निम्त्याएको छ ।
तर ताइवानको राजधानी ताइपेईका जनतामा भने चीनको सो सैन्य अभ्यास र युद्धको चेतावनीको खासै प्रभाव देखिएको छैन। राजधानीका मानिसहरू भन्छन् कि यसले हामीलाई केही फरक पर्दैन, यसमा हामी अभ्यस्त भईसकेका छौं ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया