विश्व

दिल्लीमा चर्को स्वरमा गीत बजाएको भन्दै आपत्ति जनाउने गर्भवती महिलाको गोली हानी हत्या

इकागज |
चैत २७, २०७९ सोमबार १०:३३ बजे

सांकेतिक तस्बिर

नयाँ दिल्ली- दिल्लीको सिरासपुरमा छिमेकीले चलाएको गोली लागेकी ३० वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ ।

गोली लागेपछि अस्पताल पुर्‍याइएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त महिलाको गर्भपतनसमेत भएको थियो ।


यसरी मृत्यु भएकी रञ्जुलाई अप्रिल ३ मा उनका छिमेकी हरिशले गोली हानेको थिए । हरिशको घरमा आयोजित कार्यक्रममा चर्को स्वरमा संगीत बजाएपछि सानो स्वरमा बजाउन आग्रह गर्न गएकी महिलाको आरोपीले गोली प्रहार गरेका थिए ।

डेपुटी कमिश्नर अफ पुलिस (आउटर दिल्ली) रवि कुमार सिंहले भने, ‘त्यसपछि उनीमाथि गोली हानियो, गोली लागेपछि तीन महिलाको गम्भीर अवस्थामा रहेको पाइएपछि उनलाई महानगरीय अस्पताल लगिएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भयो ।’

प्रहरीले मृतक मञ्जुका छिमेकी हरिशविरुद्ध मुद्धा दर्ता गराएको छ । प्रहरीका अनुसार एफआईआरमा उनलाई भारतीय दण्ड संहिताको धारा–३०२ (हत्या)को आरोप लगाइएको छ ।

घटनामा संलग्न हरीशसहित उनका साथी अमितलाईसमेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो घटनामा अमितको बन्दुक प्रयोग भएको थियो ।


Author

थप समाचार
x