अमेरिकामा फेरि गोलाबारी, पाँच जनाको मृत्यु
सांकेतिक तस्बिर
काठमाडौँ- अमेरिकाको केन्ट सहरमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छ्न ।
लुईसिवका प्रहरी प्रवक्ताका अनुसार यसरी घाइते हुनेमा प्रहरी अधिकारी पनि रहेका छन् । साथै सो गोलावारीमा संलग्न रहेका संदिग्धलाई गोली हानि मारिएको छ ।
प्रहरी अधिकारीले भने ‘अब सर्वसाधारणका लागि कुनै खतरा छैन, अवस्था सहज बनाइएको छ ।’
गर्भनर एन्डी बेसियरले ट्वीट गर्दै भनेका छन्, ‘कृपया, सो घटनामा प्रभावित भएको पीडित परिवारका लागि एक पटक प्राथना गरिदिनुहोस् ।’
पछिल्लो समयमा अमेरिकाका सहरहरूमा धेरै गोलाबारीका घटना हुन थालेको छ । केही दिन पहिले पनि विद्यालयमा एक महिला संदिग्धले गोली हानेर आधा दर्जनको हत्या गरेकी थिइन् ।
सुरक्षा अधिकारीका अनुसार सो घटनामा बालिबालिकासहित ६ जनाको मृत्यु भएको थियो । गोली हानिएको विद्यालय पुर्व प्राथमिक थियो । सो विद्यालयमा पढ्ने सबै विद्यार्थी १२ वर्षभन्दा कम उमेरका रहेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया