विश्व

बेइजिङको अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु

इकागज |
बैशाख ५, २०८० मंगलबार २२:१० बजे

फाइल फोटो

बेइजिङ - बेइजिङको फेङ्ताई जिल्लास्थित एक अस्पतालमा मंगलबार भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको जिल्लाको अग्नि तथा उद्धार विभागले जनाएको छ ।

अग्नि नियन्त्रकहरूले बेइजिङ चाङफेङ अस्पतालको इनपेशेन्ट विभागको भवनमा दिउँसो १२ः५७ मा आगलागी भएको बताएका छन् । दिउँसो १ः३३ बजे आगो निभाइएको थियो । आगो निभाउने क्रममा जसमा ७१ जना बिरामीलाई बाहिर निकालिएको थियो । बेलुका ६ बजेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।


घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
 


Author

थप समाचार
x