विश्व

चीनलाई उछिन्दै भारत बन्यो विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

इकागज |
बैशाख ६, २०८० बुधबार १५:५१ बजे

काठमाडौँ- चीनलाई उछिन्दै भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । युनाइटेड नेसन्स पोपुलेसन फन्ड (यूएनएफपीए) ले सार्वजनिक गरेको नयाँ तथ्याँक अनुसार चीनलाई पछि पार्दै भारत सबैभन्दा बढी जनसंख्या भएको देश बनेको हो ।

यूएनएफपीएको ‘द स्टेट अफ वर्ल्ड पोपुलेसन रिपोर्ट २०२३’ अनुसार भारतको जनसंख्या १,४२८.६ मिलियन रहेको छ । जबकी चीनको जनसंख्या १,४२५.७ मिलियन रहेको रिपोर्टलाई उदृत गर्दै आईएएनएसले जनाएको छ । यसका अर्थ भारतको जनसंख्या चीन भन्दा २.९ मिलियन बढी छ ।


यूएनको वर्ल्ड पोपुलेसन प्रोस्पेक्ट्स २०२२ ले पनि सन् २०२३ मा भारतले जनसंख्याको हिसाबमा पछि पार्दै प्रक्षेपण गरेको थियो ।

रिपोर्टका अनुसार १४ वर्षमूनीको जनसंख्या २५ प्रतिशत छ भने १० देखि १९ वर्ष समूहको जनसंख्या १८ प्रतिशत रहेको छ । १० देखि २४ सम्म २६ प्रतिशत, १५ देखि ६४ सम्म ६८ प्रतिशत तथा ६५ वर्षमाथि ७ प्रतिशत छ ।


Author

थप समाचार
x