करिब एक हजार अस्ट्रेलियन युद्ध बन्दीहरुको मृत्यु हुने गरी डुबेको जहाज फेला
काठमाडौँ- गहिरो समुद्रीमा खोजतलास गर्ने अन्वेषकहरूले दोस्रो विश्वयुद्धको जापानी यातायात जहाज, एसएस मोन्टेभिडियो मारुको भग्नावशेष फेला पारेका छन् । झन्डै एक हजार अस्ट्रेलियन युद्ध बन्दीहरुको मृत्यु हुनेगरी उक्त जहाज सन् १९४२ मा साउथ चाइना समुन्द्रमा डुबेको थियो ।
अन्वेषकहरुले उक्त जहाज फिलिपिन्सको लुजोन टापुको उत्तरपश्चिमी तटमा करिब ४ हजार मिटरको गहिराइमा फेला पारेको सीएनएनले जनाएको छ ।
अस्ट्रेलियन उप्रधानमन्त्री रिचर्ड मार्ल्सले सामाजिक सञ्जाल ट्विटरमा एक भिडियो सार्वजनिक गर्दै उक्त जहाज फेला परेको पुष्टी गरेको हुन् ।
अहिले पपुवा न्यूगिनी देखि चीनको हैनान पुग्ने रुटमा सन् १९४२ को जुलाई १ मा जादै गरेको जहाजलाई अमेरिकी पनडुब्बीको टिमले डुबाएको थियो । तर उक्त टिमलाई जहाजमा युद्ध बन्दी रहेको भने जानकारी नभएको बताइएको थियो । अलजजिराले जनाएअनुसार विगत ८० वर्षदेखि उक्त जहाजको अवस्था अज्ञात रहेको थियो ।
खोजी कार्यमा संलग्न साइलेन्टवर्ल्ड फाउन्डेसनले ४ किलोमिटरको गहिराइमा उक्त जहाज फेला पारेको जनाएको छ ।
जहाज डुब्दा अस्ट्रेलियाका ८ सय ५० सैनिकसहित ९७९ जनाको मृत्यु भएको थियो । साथै अन्य १३ देशका युद्ध बन्दीहरु समेत सो जहाजमा रहेका थिए । मृत्यु हुनेको संख्या भने १ हजार ६० रहेको फाउन्डेसनले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया